काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताएका हुन् ।
उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले बताए । ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए ।
उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०७७, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु