नेपाल प्रहरीका अवकाश प्राप्त एआईजीलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १३ : १७
नेपाल प्रहरीका अवकाश प्राप्त एआईजीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार लकडाउन अवधिभर काठमाडौं बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत भेटिएको छैन ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

अख्तियारका आयुक्तको परिवारमा पनि संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको छ । 

आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना देखिएको अख्तियार स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस