कोरोना संक्रमणबाट वीरगन्जमा थप एक पुरुषको निधन, कुल मृतकको संख्या ६० पुग्यो

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १२ : ०६
कोरोना संक्रमणबाट वीरगन्जमा थप एक पुरुषको निधन, कुल मृतकको संख्या ६० पुग्यो

वीरगञ्ज । गए राति एक १८ वर्षिय युवतीको निधन भएको केही घंटा नबित्दै वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । 

नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायका अनुसार संक्रमित व्यक्ति वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुष रहेका छन् ।  ती पुरुषको उपचारको क्रममा बुधबार (आज) बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो ।

महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

साउन १८ गरिएको  पीसीआर जाँचबाट उनमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ।

प्रतिक्रिया दिनुहोस