खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या : प्रधान सेनापति थापा

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १५ : ३४
खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या : प्रधान सेनापति थापा

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं—तराई द्रुत मार्ग ‘फास्ट ट्रयाक’को प्रगति हुन नसकेको बताएका छन् । 

प्रधान सेनापति थापाले काठमाडौं—तराई द्रुत मार्ग ‘फास्ट ट्रयाक’ निर्माणमा खोकना विवादले समस्या ल्याएको बताए । रक्षा मन्त्रालयमा भएको कार्यक्रममा प्रधान सेनापति थापाले तराई द्रुत मार्ग ‘फास्ट ट्रयाक’ निर्माणमा भएका समस्याहरुको खोजी गर्नुपर्ने सुझाव दिएका थिए । 

खोकनाको जग्गा विवादले फास्ट ट्रयाकको काम ४२ प्रतिशतमात्रै भएको प्रधानसेनापतिको दावी थियो । खोकनाको समस्याले गम्भीर बनाएको उनले बताए । थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि माग गरेका थिए ।  

देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनलेसरकारलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस