वीरगञ्जमा चिकित्सक, पत्रकार, सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, ०९ : ४४
वीरगञ्जमा चिकित्सक, पत्रकार, सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले संक्रमितमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित मध्ये बारा जिल्लाका दुई, सर्लाहीका एक जना र बाँकी पर्सा जिल्लाकै रहेका छन् ।

वीरगञ्जमा स्थानीय अनलाइनमा काम गर्दै आएका एक जना पत्रकार, नेपाली सेनाका तीन जना जवान पनि संक्रमित भएका छन् । वीरगञ्जका दुई जना डाक्टर, वडा प्रहरी कार्यालय बिर्तामा रहेका एक थुनुवामा समेत कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै नारायणी अस्पतालको फार्मेसीमा काम गर्ने चार जना स्वास्थकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । स्वेच्छाले जाँच गराउने पाँच जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस