इलाम । इलाम नगरपालिका–७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ ।
बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् । छ महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप उपचारका लागि लाखौँ आवश्यकता पर्ने जनाइएको छ ।
‘चिकित्सकले बालकको उपचार गर्न रु १२ देखि १३ लाख लाग्छ भनेका छन । यति रकम त मेरो सबै सम्पत्ति बेच्दा पनि आउँदैन, बालकका बुवा गोपाल श्रेष्ठले भने, ‘त्यसैले सबैसमक्ष आग्रह गरेको हुँ ।’ आवश्यक रकम जुटाउन नसकेपछि बालकको हालसम्म थप उपचार नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ साउन २०७७, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग