काठमाडौं । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।
पहिरोमा परेर ज्यान गुमाएका चारै जनाको शव स्थानीयहरुको सहयोगमा निकाली सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा