टाउको काट्ने धम्की आयो : उद्योगमन्त्री भट्ट

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १४ : ४०
टाउको काट्ने धम्की आयो : उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उद्योगमन्त्री भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताए । मन्त्री भट्टले भने, ‘धम्की दिने व्यक्तिलाई टेलिफोन एमसीसी सम्झौता पढ्नुभएको छ, भनेँ, उनले किन पढ्नु पर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भनेका थिए ।’ 


 

प्रतिक्रिया दिनुहोस