काठमाडौं । चार महिनादेखि बन्द रहेको मनकामना केबलकारले आफ्ना कर्मचारीलाई लकडाउन अवधिको पनि पूरै तलब दिने भएको छ ।
हालको विषम परिस्थिती र कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै कम्पनीले सामान्य अवस्थामा आएपछि पुनः हिसाबमिलान गर्नेगरी चार महिनाको सतप्रतिशत तलब दिने निर्णय गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए ।
कतिपय ठूला उद्योग व्यवसायहरुले कोभिड–१९ प्रभावले व्यापार व्यवसाय ठप्प रहेको अवधिको तलब पूरै दिन नसक्ने बताइरहँदा मनकामना केबलकारले भने यस्तो निर्णय गरेको हो । कम्पनीको यो निर्णयले मनकामना केबलकारका १५० जना कर्मचारीलाई राहत मिलेको छ ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रआवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिमा श्रमिकलाई ५० प्रतिशत तलब वितरण गरिने सम्झौता भएको थियो ।
मनकामना केबलकारले भने शतप्रतिशत तलब सुविधा आर्थिक वर्ष २०७६/७७ को हिसाबमा लेखाङ्कन गरिसकेको जनाएको छ । यसअघि कम्पनीले कर्मचारीहरुलाई चैत महिनामा कुल तलबको ५० प्रतिशत र वैशाख, जेठ र असारमा ४० प्रतिशत वितरण गरेको थियो ।
केबलकार तत्काल पुनः संचालनमा आउने अवस्था भने नरहेको श्रेष्ठले बताए । एक जिल्लादेखि अर्को जिल्लामा यातायातको पहुँच नपुगेसम्म सर्वसाधरणलाई मन्दिर दर्शनका लागि आउन गाह्रो भएको श्रेष्ठले बताए । आउँदो कात्तिक–मंसिरदेखि केबलकार संचालनमा ल्याउने योजना छ रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०७७, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने