काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आफूले धेरै पटक भेट्न खोजेको तर उहाँ नआउनुभएको बताउनुभएको छ । अरु नेताहरुमार्फत् खुमलटार भेट्न आउन आग्रह गर्दासमेत लेखराज भट्टले चासो नदिएको प्रचण्डले गुनासो गरेका हुन्।
सुदुरपश्चिमका सह–इन्चार्ज एवम् केन्द्रीय सदस्य खगराज भट्टसँग गएका केन्द्रीय सहित ३० जना नेता कार्यकर्ता प्रचण्डलाई भेट्न खुमलटार बोलाएका थिए । सोही क्रममा प्रचण्डले लेखराज भट्टको विषयमा गुनासो गरेका हुन्।
‘लेखराजजीलाई मैले माया गरेरै स्थायी कमिटीमा ल्याएँ। अहिले मन्त्री बनाएँ। जनयुद्धभर सायद सुदुरपश्चिमका अरु नेताभन्दा उहाँलाई अतिरिक्त माया गरेरै पार्टीमा अघि बढाएँ,’ प्रचण्डको भनाइ उदृत गर्दै भट्टले भने, ‘पार्टी एकता भएपछि उहाँ लेखराज भट्ट प्रधानमन्त्रीतिर जानु ठिकै हो। पार्टी एकआपसमा अन्तरघुलित पनि हुन्छ। तर यति अनुरोध गर्दा पनि मलाई भेट्न आउँनु भएन।’
पार्टीमा कुन कित्तामा लाग्ने आफ्नो व्यक्तिगत इच्छा भएपनि बोलाउँदा इन्कार गर्नु ठिक नभएको प्रचण्डले उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०७७, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र खनालबीच भेटवार्ता
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड