काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आफूले धेरै पटक भेट्न खोजेको तर उहाँ नआउनुभएको बताउनुभएको छ । अरु नेताहरुमार्फत् खुमलटार भेट्न आउन आग्रह गर्दासमेत लेखराज भट्टले चासो नदिएको प्रचण्डले गुनासो गरेका हुन्।
सुदुरपश्चिमका सह–इन्चार्ज एवम् केन्द्रीय सदस्य खगराज भट्टसँग गएका केन्द्रीय सहित ३० जना नेता कार्यकर्ता प्रचण्डलाई भेट्न खुमलटार बोलाएका थिए । सोही क्रममा प्रचण्डले लेखराज भट्टको विषयमा गुनासो गरेका हुन्।
‘लेखराजजीलाई मैले माया गरेरै स्थायी कमिटीमा ल्याएँ। अहिले मन्त्री बनाएँ। जनयुद्धभर सायद सुदुरपश्चिमका अरु नेताभन्दा उहाँलाई अतिरिक्त माया गरेरै पार्टीमा अघि बढाएँ,’ प्रचण्डको भनाइ उदृत गर्दै भट्टले भने, ‘पार्टी एकता भएपछि उहाँ लेखराज भट्ट प्रधानमन्त्रीतिर जानु ठिकै हो। पार्टी एकआपसमा अन्तरघुलित पनि हुन्छ। तर यति अनुरोध गर्दा पनि मलाई भेट्न आउँनु भएन।’
पार्टीमा कुन कित्तामा लाग्ने आफ्नो व्यक्तिगत इच्छा भएपनि बोलाउँदा इन्कार गर्नु ठिक नभएको प्रचण्डले उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०७७, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’