एकता महाधिवेशनको चर्चा पार्टीभित्र सुरु हुनु खुसीको कुरा हो : नेकपा प्रवक्ता श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १३ : १७
एकता महाधिवेशनको चर्चा पार्टीभित्र सुरु हुनु खुसीको कुरा हो : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एकता महाधिवेशनको चर्चा पार्टीभित्र सुरु हुनु खुसीको कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेजस्तो मंसिरमै महाधिवेशन गर्न सम्भव भने नरहेको उनले बताएका छन् । 

‘‪हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा शुरु भएको छ।यो राम्रो र खुशीको कुरा हो । किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ । तर महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउनु हुँदै’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशनको तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न ।’

श्रेष्ठले महाधिवेशनमा हतार र ढिलाई गर्नु दुवै गलत हुने भन्दै गत केन्द्रीय कमिटीको यस समबन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस