काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तान पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम लिँदालिदै उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धात आयोगका प्रवक्ता एवंं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिइएको हो ।
अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ