आन्तरिक राजस्व विभागमा ४ खर्ब राजस्व संकलन

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १४ : ३३
आन्तरिक राजस्व विभागमा ४ खर्ब राजस्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा झण्डै ४ खर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ ।  जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो । 

विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ   आन्तरिक राजस्व संकलन गरेको हो ।  
अघिल्लो  आव २०७५–७६ मा कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो । विभागले अघिल्लो आवको तुलनामा २६ अर्ब बढी राजस्व संकलन गरेको हो ।

जसमध्ये आयकर वापत २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैयाँ, अन्तशुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

यसैगरी, विभागद्वारा उपलब्ध तथ्यांक अनुसार एक वर्षमा ११ लाख ४७ हजार नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन । जसमध्ये १ लाख ९४ हजार व्यवसायीक करदाता र ९ लाख ५३ हजार व्यक्तिगत करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।

प्रतिक्रिया दिनुहोस