काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि बालुवाटारमा भेटवार्ता भएको छ। पटकपटक भएको वार्तामा दुई अध्यक्षबीच हालसम्म कुनै सहमति भएको छैन ।
पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । यतिबेला दुई अध्यक्षबीच भेटवार्ता भइरहेको स्रोतले जनाएको छ । शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको भनेर प्रचार गरिएको थियो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।
आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।
‘अर्ली महाधिवेशन’ प्रस्तावप्रति माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले समेत असहमति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यसचिव र अमेरिकी राजदूतबीच भेटवार्ता
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता
मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता