राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०८२, १२ : ३०
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।

भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस