काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएपश्चात् कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरे ।
कुलमान र रविबीच वान टु वान कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार रविलाई भेट्न कुलमान उनको निवासमा पुगेका थिए । भेटवार्तामा पार्टी समायोजनका विषयमा छलफल भएको थियो । कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन् । कुलमानको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।
पार्टी एकताको सहमतिमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै कुराहरू मिल्न बाँकी छन् । केन्द्रीय समितिमा बालेनको तर्फबाट सदस्यहरू २६ गरिँदा उज्यालोको तर्फबाट समायोजन भएको छैन । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा नमिलिरहेको स्रोत बताएको छ । यसैगरी उज्यालाले समानुपातिकको बन्द सूचीमा आफ्नो पट्टिबाट समावेश भएका केही व्यक्तिहरूलाई प्राथमिकता क्रममा माथि तान्नुपर्ने अडान पनि लिएको छ ।
रास्वपा र उज्यालो नेपालबीचको सहमति पत्रमा कुलमान घिसिङलाई उपसभापति बनाउने उल्लेख थियो । तर, घिसिङ अहिलेसम्म रास्वपाको बैठकमा गएका छैनन् । पार्टी समायोजन पश्चात् मात्रै बैठकमा जाने उनले बताएका छन् ।
मन्त्रीबाट राजीनामापश्चात् उनले राजनीतिक भेटघाट तीव्र बनाइरहेका छन् । उनले हिजो आफ्नै निवासमै बसेर पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११५ दिनमा कुलमानले गरे यि काम (सूचीसहित)
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
'वैकल्पिक शक्तिहरू सबै एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ' : कुलमान घिसिङ
नयाँ शक्तिहरू एक हुन्छौँ’ : कुलमान घिसिङ
‘सम्पत्ति विवरण हामीले बुझाएका छौँ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन’ : कुलमान घिसिङ
तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री कुलमान घिसिङ