काठमाडौँ । तेह्र वर्षअघि आफ्नै भाञ्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका सर्लाहीका ४५ वर्षीय राजेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
भान्जाको हत्या भएको केही समयपछि फरार रहेका राजेशकुमारलाई शनिबार महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका वडा नम्बर २२ खिचापोखरी बस्दै आएका ११ वर्षीय भान्जा रोहित गुप्तालाई उनकै मामा ४५ वर्षीय राजेशकुमार गुप्तासहितले अपहरण गरी २०६४ सालमा हत्या गरेका थिए ।
त्यसबेला भान्जा रोहितलाई अपहरण गरी उनका बाबु बासुदेव गुप्तासँग राजेशकुमार र उनका साथी धादिङका विष्णु सुनारले फोन गर्दै दुई लाख ५० हजार फिरौती रकम मागेका थिए ।
फिरौती रकम नपाएपछि उनीहरूले खिचापोखरीस्थित भाडामा लिइएको कोठामा रोहितको हत्या गरी कमलादीस्थित सडकपेटीमा बोराभित्र राखेर फ्याँकिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार