काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
मंगलबारको मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ। कोशी प्रदेशका पहाडी भू-भाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ। अन्य पहाडी भू-भागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान महाशाखाले गरेको छ।
महाशाखाका अनुसार देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा हुने यो मौसमी फेरबदलले तापक्रम र जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी बढ्न सक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ०६ : ३८
लेखकबाट थप