काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद समाधान उन्मुख भएको टिप्पणी भईरहेका बेला अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा सचिवालयका ६ नेताको छलफल राखेका छन् ।
हिजो (शनिबार) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमै महाधिवशेन गर्न राखेको प्रस्तावमा प्रचण्डले पनि समर्थन जनाएपछि पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।
मंसिरमा महाधिवशेन सम्भव नहुने र ओलीले आफ्नो संकट टार्न भुलभुलैयामा पार्नलाई यो विषय ल्याएको भन्दै नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डको सचिवालयले कुनै सहमति भईनसकेको प्रष्टयाईसकेको छ । नेताहरुले भने ओली र प्रचण्डका बीचमा कुनै सहमती भएर त्यस्तो प्रस्ताव आएको हुन सक्ने आशंका गरिरहेका थिए । तर प्रचण्डको सचिवालयले भने कुनै सहमति भईनसकेको बताईसकेको छ ।
त्यही क्रममा आज (आईतबार) बिहान प्रचण्डले पार्टीका ६ नेतालाई बोलाएर यसबारेमा प्रष्टयाउन खोजेका हुन् । असन्तुष्ट नेताहरुलाई आफुले कुनै सहमति नगरेको जानकारी गराउन उनले खुमलटार बोलाएको बताईएको छ । छलफलका लागि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामवहादुर थापा बादल खुमलटार पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी