काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपालाई पाँच वर्ष मिलेर सरकार चलाउन सुझाव दिएका छन् ।
सत्तारुढ दलमा देखिएको विवाद नितान्त व्यक्तिगत भएको उनको भनाइ छ । उनले नेकपाको विवाद नीति, पद्धति र प्रणालीका लागि नभएर व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताए।
थापाले ट्विटरमा लेखेका छन्, ‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्धति, प्रणालीबारे होइन, नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ। अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन। सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नोस्। होइन भने जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नोस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा