काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार दिलभूषण पाठकलाई जारी गरिएको पक्राउ पुर्जीप्रति आपत्ति प्रकट गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत रहेको जनाएका छन् ।
उनले सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र छर्लङ्ग भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– ‘समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत हो ।सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र रहेको देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा