काठमाडौँ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा आन्दोलन गरेको थियो ।
त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेर ६ विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ र रोहन देशार र सतिश यादव पक्राउ परेका नेविसंघ काठमाडौँ अध्यक्ष केसीले जानकारी दिए ।
विद्यार्थीहरूको पक्षमा र पारदर्शी र गुणस्तर शिक्षा व्यवस्थाको लागि आन्दोलन गर्दा विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै ‘विप्लव’ समूहले गर्यो प्रदर्शन