एजेन्सी । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्।
बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो।
बीबीसी उर्दुका अनुसार, झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु पुष्टि गरेका छन्। उनले मृतकहरूको शव पन्जाब पठाउने व्यवस्था गरिएको बताएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार अज्ञात बन्दुकधारीहरूले बिहीबार साँझ सडकअवरुद्ध गरेको क्षेत्रमा बसबाट यात्रुलाई निकालेर हत्या गरेका हुन्।
यसैबीच बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिदले विज्ञप्तिमा भनेका छन्, "आतंककारीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका छन्।"
उनले अगाडि भनेका छन्, "सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गरेको छ। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क छौँ।"
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते