काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन रहेको बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उनले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रूपमा लागि परेको धारणा व्यक्त गरिन् ।
त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास: जबज दृष्टिकोण’को लोकार्पण गरेका थिए ।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन-अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो स्रोत सामग्री हुने बताइन् । जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे छन् । जर्नलमा १० वटा लेख समावेश छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै
महिलाहरू नेतृत्व गर्न पूर्ण सक्षम छन् भन्ने अवस्था सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न ओली पनि च्यासलमा