काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न उठाएका छन् । निषेधित क्षेत्र घोषणाको सवालमा आएको आदेशप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– थरीथरीको न्याय ! माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन। न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ।
राजावादीहरूको प्रदर्शनलाई लक्षित गरेर सरकारले जारी गरेको निषेधाज्ञा र त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्चको आदेशलाई लक्षित यरेर उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ