काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन्।
दलित, पिछडा वर्ग, थारु, मुस्लिम, आदिवासी र अल्पसंख्यक समुदायको केन्द्रीय परिसंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन्। उनले प्रदेशहरूको संरचना घुमाइघुमाइ बनाइएको जिकिर गरे। उनले ८ वटा जिल्ला मात्रै मधेस नभएको बताए।
उनले बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हालीमुहाली हुने गरी संघीयता बनाइएको बताए। यो संरचनागत विभेल भएको जिकिर गरे।
उनले नेपालमा प्रदेशहरूको आकार पहिचान र सामर्थ्यका आधारमा हुनुपर्ने बताए। उनले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने बताए।
त्यसैले अहिलेको संघीयता संरचना भत्काउनुपर्ने उनले बताए। अहिलेको संरचनामा सबै भाषाहरूलाई समानताका साथ मान्यता नदिइएको, दलित र गैरदलितको भेदभावको अन्त्य गर्न नसक्ने भएकाले अहिलेको संरचना भत्काउन जरुरी रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव