काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् । त्यसका लागि राप्रपासहितका दलहरु एकढिक्का भएर लाखौं जनतालाई सडकमा उतार्ने अभियानमा होमिएको उनले बताए ।
आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गर्ने जानकारी गराए ।
आफूहरु सडकमा उत्रिँदा सरकारले उत्तेजित बनाएर दमनको नीति लिन सक्ने आशंका गर्दै थापाले भने, ‘हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस् । हामीले काठमाडौंको सडकमा लाखौं जनता उतार्न सक्यौं भने काठमाडौं ठप्प हुन्छ र कुनै दमनले काम लाग्दैन ।’
उनले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै अगाडि भने, ‘एकप्रकारले भन्ने हो भने यो भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा हुन्छ । हामी भिडन्तमा जाँदैनौं । पक्कै पनि सरकारले भिडन्तमा उतार्न उत्तेजित बनाउनसक्छ । तर हामी संयमित भएर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाउँछौं । त्यसकारण भिडन्तबाट होइन, जनताको धेरैभन्दा धेरै उपस्थितिबाटै हामीले यो धरासायी हुन लागेको संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्नुपर्ने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा