पाल्पा । बुटवल–पाल्पा सडक खण्ड अन्र्तगत सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध भएको छ । सडक खण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै ठुलो पहिरो खसेपछि सडकसंगै यातायात अवरुद्ध हुन पुगेको हो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकलाई पुरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पहिरोले पुरेको हो । चालक र सहचालक भाग्ने मौका पाएकाले मानवीय क्षति हुन पाएन ।
सडक सुचारु गर्न पाल्पाबाट र झुम्साबाट अर्को डोजर मगाएर पहिरो पन्छाउन थालेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने प्रहरीले जनाएको छ ।
माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसिरहेका कारण र पानी पर्ने हो भने काम गर्न नसकिने सडक डिभिजनले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै छ । एक सय ५० मिटर मिटर माथिदेखि ढुंगा, गिट्टीसहित ५० मिटर लामो पहिरो खसेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा