बुटवल । दाङको घोराही सडक खण्डस्थित मुसोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा आज बिहान दुर्घटनामा भएको हो । जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो ।
दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार दुर्घटनाका घाइतेमध्ये तुसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा बिहीवार बिहान वलीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको खड्काले जानकारी दिए । चालकको अवस्था भने सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०७७, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते