इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलविरुद्ध आर्सनलले जित निकाल्यो

एजेन्सी

विहीबार, ०१ साउन २०७७, ०८ : ४८
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलविरुद्ध आर्सनलले जित निकाल्यो

फाइल तस्विर

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा  लिभरपुलविरुद्ध आर्सनलले जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले लिभरपुललाई २–१ पराजित गरेको हो । 

एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले लिभरपुललाई २–१ ले पराजित गरेको हो । खेलको २० औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर लामो समय त्यो अग्रता टिकेन ।

३२औं मिनेटमा एलेक्जान्डर लाकाजेटले आर्सनलका लागि बराबरी गोल फर्काए । रेइस नेल्सनले ४४औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन र आर्सनलले २–१ को जित हात पारेको हो । हारपछि लिभरपुलको ३६ खेलबाट ९३ अंक छ । त्यस्तै आर्सनल ३६ खेलबाट ५३ अंकसहित नवौँ स्थानमा छ ।