मेयरका छोरा सहित दुईजना पाँच लाख घुस सहित अख्तियारको फन्दामा

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, २० : ०१
मेयरका छोरा सहित दुईजना पाँच लाख घुस सहित अख्तियारको फन्दामा

सिरहाको कल्याणपुर नगरपालीकाका मेयरका छोरा सहित दुईजना पाँच लाख घुस सहित अख्तियारको फन्दामा परेको छ । 

अखतियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलिले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षिय सन्त कुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई अख्तियार टोलिले आज अपरान्ह घुस रकम सहित नियन्त्रणमा लिएको हो । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहिसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएको बेला अखतियार टोलिले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस