सिरहाको कल्याणपुर नगरपालीकाका मेयरका छोरा सहित दुईजना पाँच लाख घुस सहित अख्तियारको फन्दामा परेको छ ।
अखतियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलिले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षिय सन्त कुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई अख्तियार टोलिले आज अपरान्ह घुस रकम सहित नियन्त्रणमा लिएको हो । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहिसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएको बेला अखतियार टोलिले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ