आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १० : ३८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम  दिनभर बदली भई सामान्य वर्षा हुने जनाएको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस