काठमाडौं । कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ का ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको म२प ७९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका–१ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका–६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ असार २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता
बर्दघाटमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
जर्मनीमा रेल दुर्घटना : तीन जनाको मृत्यु, कयौँ घाइते