काठमाडौं । कैलालीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका–२ का ४१ वर्षीय कुष्माकर जोशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अटो र पश्चिमबाट पूर्वतर्फ गइरहेको म२प ७९७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ४१ वर्षीय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका–१ कौवाका ३५ वर्षीय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका–६ की ५० वर्षीय ढक्या चौधरी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ असार २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु