आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, ०९ : ४५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम  सामान्यदेखि पूर्ण बदली भई अधिकांश स्थानमा  वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम बदली भएको हो ।

हाल सुदूरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिराहा, मोरङ, विराटनगर र आसपासका भू–भागमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमस सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस