आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, ०९ : ११
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेका कारण मौसम बदली र अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको हो।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली भएको छ । यस्तै बाँकी भू–भागमा सामान्य बदली रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । मंगल राति पनि देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस