गरिबी सहन नसकेर ३५ जनाले गरे आत्महत्या

पत्रपत्रिकाबाट

मंगलबार, २३ असार २०७७, ०८ : २७
गरिबी सहन नसकेर ३५ जनाले गरे आत्महत्या

सांकेतिक तस्बिर ।

तनहुँ । जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका छन् ।

विशेषगरी विभिन्न दुर्गम स्थानमा बसोबास गर्दै आएका अति विपन्न , वेरोजगारहरुले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।उनका अनुसार गरिबी बेरोजगारी ,भोकमरी र सामाजिक विभेद सहन नसक्दा झुन्डिएर आत्माहत्या गर्नेको संख्या– ३५ जना पुगेको छ भने जिल्लामा लकडाउन अबधिभर ८८ मुद्दा दर्ता भएका छन् ।

जिल्लामा १ सय ३९ जनामा कोरोना संकमण पुष्टि भए सगै ६६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस