काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौँ आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग रु २५ हजार तथा तामाङले तीन यात्रुसँग रु ३० हजार पाउने सर्तमा काठमाडौँ आएको बताएको छ । पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ असार २०७७, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ