प्रधानमन्त्री ओलीले किन झुक्याए राष्ट्रपतिलाई...

‘हेर्नूस् न, बेकारमा होहल्ला गरेर मिस अन्डरस्ट्यान्डिङ बढाई दिए’

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, ०९ : १९
प्रधानमन्त्री ओलीले किन झुक्याए राष्ट्रपतिलाई...

काठमाडौं । प्रसंग हो, राष्ट्रपति विद्यादेवी भण्डारीमाथीको महाअभियोगको चर्चा । तीन दिन यता यो विषय एकाएक चर्चामा आयो । यो चर्चा कसले गर्यो, किन गरायो ? अहिले सत्तारुढ दल नेकपाका नेताहरुका मुख मुखमा यो प्रश्न उठिरहेको छ । तर रहस्य खुलेको छ, राष्ट्रपतिलाई महाअभियोगको हल्ला स्यवं प्रधानमन्त्री र उनी निकट नेताहरुले पु¥याएका रहेछन् । यसको तथ्य आइतबार राष्ट्रपति र नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालबीचको छलफल क्रममा खुलेछ ।

राष्ट्रपतिलाई महाअभियोग नै लगाउने भए, त्यसलाई कर्म र बचनले प्रतिवाद गर्नुपर्छ भन्दै प्रधानमन्त्री सम्मले मन्त्रीहरुलाई बोलाएर अब यता लाग्ने की उता ? कित्ता सम्म क्लियर गर्न अनुरोध गरेपछि आइतबार बिहान १० वजे नेकपाका अध्यक्ष प्रचण्ड सहितका नेता राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

प्रचण्डले शुरुमै निराधार र झुटो सूचना तपाईकँहा ल्याई पुरयाएकोले वास्तविकता प्रष्टाउन म नेताहरुलाई साथमा लिएरै आएको हुँ, प्रचण्डले राष्ट्रपतिलाई भने । हल्ला मैले पनि सुनेको थिए, महाअभियोग लगाउने भन्ने विषयको, राष्ट्रपतिले आफुले पाएको सूचना नेताहरु सामु बताए । 

त्यसपछि त्यसको वास्तविका केलाउने प्रयास राष्ट्रपति र उनलाई भेट्न पुगेका प्रचण्ड, नेपाल र खनालका बीचमा भए । खनालले थपे, मलाई, तँपाई हटाएर राष्ट्रपति बन्न लागेको आरोप सम्म लगाउन भ्याईसकेछन्, अहिले यो सम्मानित संस्थाको विवाद गर्ने बेला होइन, म बन्नै चाहेको भए पहिले नै बन्न सक्थे, तर यस्तो खेलमा जोडेर आपसमै भीडन्त गराउने प्रयास गरिदैंछ । खनालले त्यक्ति बोलेपछि राष्ट्रपति भण्डारीले भनिन्,  धन्यवाद छ । 

हुँदै नभएका काल्पनिक ’सूचना’ बनाएर नेताहरुलाई उत्तेजित बनाउन, परिस्थिति भाँड्न र पार्टी विभाजनलाई मद्दत गर्न कतिसम्म कोसिस भएको छ भन्ने एउटा घटनाको पर्दाफास  नेताहरुसँगको छलफल पछि भएको थियो ।  प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक विवादमा संविधान कानुन सम्म हेक्का नराखी अगाडी बढ्न खोज्दा समस्या आएको, प्रधानमन्त्रीले अध्यादेश पार्टी विभाजन गर्ने गरी ल्याउन खोजेपछि त्यसलाई रोक्न सकिन्छ की सकिन्न भनेर छलफलका लागि कानुन व्यवसायीसँग आफ्नै निवासमा एक दर्जन बढी नेता र कानुन व्यवसायी बीच छलफल भएको र यसैलाई महाअभियोगको गलत हौवा फिजाएको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

संसदको जारी अधिवशेन अन्त्य गर्न हतार नगरौँ‘ भन्दाभन्दै संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि उत्पन्न सम्भावित संवैधानिक तथा कानुनी अन्योलका बारेमा राय लिनका लागि पाँच जना सचिवालय सदस्य, प्रमुख सचेतक देव गुरुङका साथै स्थायी कमिटीका केही सदस्यहरुलाई राखेर पार्टी निकट कानुन व्यवसायीसँग गरेको छलफललाई महामहिम राष्ट्रपतिसमक्ष फूलबुट्टा भरेर, भयावह बनाएर र मरमसला हालेर  ल्याईएको तथ्य प्रचण्डले फेहरिस्त राखेपछि राष्ट्रपति भण्डारी पनि अचम्मित बनिन् ।

अनि उनले भनिन्,–‘ओहो यस्तो पो रहेछ कुरा, मलाई त कोटेश्वरमा तपाईंहरु दुई जना (प्रचण्ड र माधव नेपाल) ले दुई जना कानुनविद् (युवराज संग्रौला र गोविन्द बन्दी) राखेर मलाई महाअभियोग लगाउनेबारे छलफल गरेको भनेर पो रिपोर्टिङ गरियो त ।’ गलत सूचना देखाएर परिस्थिती बिगार्ने काम भएको र त्यसको वारेमा प्रष्ट पार्न आफुहरु राष्ट्रपतिलाई भेटन आएको नेताहरुले बताएपछि राष्ट्रपति भण्डारी विस्वस्त भएकी थिइन् । करिब ४५ मिनेट छलफल गरेर नेताहरु बाहिरिने बेला नेताहरुलाई बिदा गदै राष्ट्रपतिले भनिन्,– ‘हेर्नूस् न बेकारमा होहल्ला गरेर मिस अन्डरस्ट्यान्डिङ बढाई दिए ।’

प्रतिक्रिया दिनुहोस