आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुन सक्ने

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, ०८ : ३४
आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुन सक्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर  सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भू–भाग नजिक रहेको निम्न चापीय क्षेत्र प्रभाव पनि कायम छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १, प्रदेश २ का केही स्थानमा सोमबार मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक–दुई स्थानहरुमा भारी वर्षा सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस