काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा राजनीतिक परिदृश्य अनौठो देखिन थालेको छ ।
आफूनिकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेपछि ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाएका छन् ।
ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका हुन् । तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताए ।
उनले भने, देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि हेलो भन्देउ है भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०७७, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने