कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।
छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए । धारिलो हतियार प्रहार गरी कँुवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार छन् । फरार खड्काको खोजीकार्य जारी छ ।
‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।’ कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । कुँवरको गए राति १० बजे तिर हत्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ असार २०७७, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या