काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने बताएका छन् ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा विश्वमा कम्युनिष्टहरु हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टी भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिष्टहरुले यो कुरालाई पुष्टि गरेको बताए ।
पौडेलले कम्युनिष्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे । पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको बताए । पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको बैज्ञानिक समाजवाद हो ? भनि प्रश्न समेत गरे ।
विश्वका पुँजीवादी देशहरु र कम्युनिष्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रीक समाजवादले समाधान गर्ने पौडेलको भनाई थियो । पौडेलले गान्धीवाद समाजवाद नभएपनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने तर्क गरे । पौडेलले पूँजीवादीहरु राज्यका सबै दायित्व व्यापारिलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए ।
नेपाली कांग्रेसले जोड घटाउ नगरेर सत्ता प्राप्तीको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अबलम्बन गर्नुपर्ने उनले बताए । उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए । पौडेलले कम्युनिष्टहरु विभाजन भएर सत्ता प्राप्ती गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए । उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति