गोरखा । नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिँदा नेपाली सेनाका पाँच जना घाइते भएका छन्। मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नंबरको टिपरले बुधबार दिउँसो साँढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा ठक्कर दिँदा सेनाका पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ। घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख मित्रलाल ढकालले रातोपाटीलाई बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु