गोरखा । नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिँदा नेपाली सेनाका पाँच जना घाइते भएका छन्। मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नंबरको टिपरले बुधबार दिउँसो साँढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा ठक्कर दिँदा सेनाका पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएको छ। घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी गोरखाका प्रमुख मित्रलाल ढकालले रातोपाटीलाई बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते