पेरिस । फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो ।
उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५ हजार युरो जरिवाना तिराउन आदेश दिइएको छ । फियोंले आफ्नी पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय युरो आफ्नी पत्नीलाई दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो ।
फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको छ । उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।
पेरिस अदालतमा सोमबार फैसला सुनाउने क्रममा प्रमुख न्यायाधीशले भनेका छन् ‘भुक्तानी गरेको रकम उपयुक्त किसिमले सदुपयोग भएको देखिएन । श्रीमती पेनेलोप फियोंलाई कुनै काम नभएको पद सिर्जना गरेर नियुक्त गरिएको देखियो ।’ फियों फ्रान्समा सन् १९५८ यता ठूलो सजाय पाउने वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ असार २०७७, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमाथि सहज जित निकाल्दै फ्रान्स नकआउट चरणमा प्रवेश
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक