सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभएको छ ।
चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताउनुभयो । यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको बताउँदै किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको मन्त्री केसीले जनाउनुभयो ।
प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १२ गते, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), असार १५ गते, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति ९माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा प्रदेश सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ असार २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा