काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले बताए ।
यो बैठक क्याबिनेटको नियमित बैठक हो । बिहीबार नै उनले क्याबिनेट बैठक राख्न खोजेपनि समय अभावका कारण गर्न नसकेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको थियो । त्यसयता बैठक बस्न सकेको थिएन् ।
उनले आज ४ बजेको बैठकको सूचना मन्त्रीहरुलाई हिजो साँझ नै पठाईसकेका छन् । बैठकमा समसामयिक मन्त्रालय गत निर्णय मात्र हुन सक्ने सम्भावना रहेको एक मन्त्रीले वताए ।
तर, प्रधानमन्त्री ओलीले हिजो आफ्नो सरकार फाल्नको लागि भारत सक्रिय रहेको भनी दिएको अभिब्यक्तीका विषयमा पनि क्याबिनेट बैठकमा प्रश्न उठन सक्ने बताईएको छ । क्याबिनेट बैठकमा असार २६ बाट म्याद सकिन लागेको नेपाल प्रहरीको महानिरीक्षकका विषयमा पनि सामान्य छलफल हुन सक्ने बताईएको छ । प्रहरी महानिरीक्षकमा हरि पाल र शैलेश थापा दौडमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०७७, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै