महाधिवेशनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, ०९ : ५२
महाधिवेशनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा छलफल गर्न आज पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । गत माघमै महाधिवेशन गरिसक्नु पर्ने काँग्रेसले विधानले दिएको सुविधा प्रयोग गरेर एक वर्ष केन्द्रीय समितिको आयु बढाउने निर्णय गरेको थियो ।

देउवा आयु लम्ब्याएर आफैं पून सभापति बन्ने ध्याउन्नमा लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेताहरु भने अब देउवाबाट काँग्रेस नचल्ने भन्दै उनलाई पार्टी नेतृत्वबाट विस्थापित गराउने योजनामा लागेका छन् । तर काँग्रेसले अबको फागुन ७ गतेबाट महाधिवेशन गर्ने भने पनि त्यसको पूर्वसन्ध्यामा गर्नुपर्ने तयारीमा फेरि ब्रेक लाग्न पुगेको छ ।

कोभिड १९ लाई कारण देखाउदै सभापति देउवा पक्षका नेताहरुले महाधशिवेशन पूर्वका कार्यक्रम रोकिएको बताईरहेका छन् । तर अन्य पक्षका नेताहरु नियत नै खराब रहेका कारण देउवा पक्षले महाधिवेशन टार्ने बहाना मात्र खोजिरहेको बताईरहेको छ ।  गत हप्ता देउवा निवासमा नागरिकताका विषयमा छलफल गर्न बोलाईएको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले महाधिवशेनका बारेमा तयारी थाल्नुपर्ने बताएपछि फेरि काँग्रेसमा यो बहस उठेको छ ।

केही समय कोभिडका कारण चुपचाप देखिएको  र महाधिवेशनको विषय ओझेलमा परेपनि पौडेल र कोइराला पक्षबाट फेरि महाधिवशेनका बारेमा बहस उठेपछि काँग्रेसको आजको बैठकमा आसन महाधिवेशन कै विषयमा छलफल हुने सम्भावना बढेर गएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाईएको छ । उपसभापति विमलेन्द्र निधिले भने बैठक समसामाकिय विषयमा छलफलका लागि बोलाईएको बताए । समसामायिक विषयमा छलफल हुन्छन्, यही नै मात्र एजेण्डा भन्ने बैठकको छैन, उपसभापति निधिले सफलखबरसँगको टेलिफोन कुराकानीमा भने ।

तर अन्य नेताहरु भने महाधिवेशन लक्षित छलफल नै काँग्रेस केन्द्रीय समितिको आजको मुख्य एजेण्डा भएको बताउँछन् । काँग्रेसले कोभिडका कारण रोकिएको क्रियाशिल सदस्यता नविकरण र वितरणको कामलाई निरन्तरता दिन शुरु गरिसकेको छ । यस अर्थमा पनि महाधिवशेन लक्षित छलफल बैठकमा हुने बताईएको छ । 

यसका अतिरिक्त संसदको फुल हाउसमा राज्य ब्यवस्था परामर्श समितिले बहुमतका आधारमा निर्णय गरि टेबुल गरेको नागरिकता विधेयकका विषयमा पनि काँग्रेस बैठकमा छलफल हुने भएको छ । नेपालीसँग विवाह गरेर आएका विदेशी बुहारीका हकमा अंगीकृत नागरिकताका लागि ७ वर्ष विवाह गरेको पुग्नुपर्ने र विदेशको नागकिरता त्यागको प्रक्रिया पूरा गरेको हुनुपर्ने प्रावधान राखेर राज्य ब्यवस्था समितिले संसदको फुल हाउसमा विधेयक छलफल पछि टेबुल गरेको छ । 
तर त्यसमा काँग्रेसले फरक मत राखेको छ । यी विषयमा पनि काँग्रेस बैठकमा छलफल हुने नेताहरुको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस