काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे–बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिनुभयो । तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।
दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना.६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ असार २०७७, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना