नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ ।
कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उहाँले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो ।
“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उहाँले एक कार्यक्रममा भन्नुभयो ।
यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उहाँले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।
यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उहाँको भनाई छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ असार २०७७, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?