काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्नुहुने भएको छ । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो ।
‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ ।यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लाग्नुभएको जनाइएको छ ।
यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ । उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकहरुसँग पनि कुराकानी गर्नुहुने बताइएको छ ।
गोरखपुर लगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन् । सो आयोजनाको उद्घाटनपछि उहाँले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्नुहुने बताइएको छ । यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका रुपमा लिइएको छ । यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिनुभयो ।
तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले भने विश्वास गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० असार २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे